रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट दर्ता, पेसी पर्सि



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर दाबी फिर्ता लिने महान्यायाधिवक्ता सबिता भण्डारीको निर्णयविरूद्ध रिट दर्ता भएको छ।

युवराज सफलले सर्वोच्च अदालतमा यस निर्णयविरुद्ध आइतबार रिट दर्ता गराएका हून् ।

यो रिटको सुनुवाइ माघ ६ गते हुने भएको छ।

प्रकाशित मिति : माघ ४, २०८२ आईतबार  १ : ३९ बजे