बालेन्द्र शाहले दिए काठमाडौं महानगरको मेयरबाट राजीनामा



काठमाडौं, ४ फागुन । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । बालेनले आज पदबाट राजीनामा दिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका बालेन आज औपचारिक रुपमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमा बालेनको लागि कार्यकक्ष तयार भएको पनि स्रोतले बतायो ।

आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेनले झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बन्नका लागि उनले मेयर पदबाट राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : माघ ४, २०८२ आईतबार  ४ : ०१ बजे