काठमाडौं ।नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले वरिष्ठ नेता शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्न सहमत भईसकेको दाबी गरेका छन् ।
आईतवार काठमाडौंमा आयोजित काँग्रेस शेखर कोइराला समूहको भेलामा सहभागी हुनुभएका उहाँले सञ्चारकर्मीमाझ सो दाबी गरेका हून् ।
नेता शर्माले भने, “शेखर दाहरू गगन थापासँग मिलेर जाने कुरा अलरेडी निर्णय भइसकेको कुरा हो । आफ्नो सर्वस्वहरण गरेर बनाएको पार्टी आफू जलेर भए पनि शेखर कोइरालाले पार्टी बचाइदिनुहुन्छ । यसरी बुझ्नुपर्छ । पार्टी बचाउनुपर्छ । पार्टी बचाउन लागिरहनुभएको छ ।”
नेता शर्माले काँग्रेस पार्टीका लागि सर्वश्वहरणमा परेको कोईराला परिवारका कुनैपनि सदस्य पार्टीलाई एकतावद्ध बनाएर लैजान जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए ।









