आज दिनभरिमा उम्मेदवार टुंगो लगाउँछौँ: कांग्रेस सभापति थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिनभरिमा उम्मेदवार टुंग्याइने बताएका छन् ।

सोमबार बिहान सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी सभापति थापाले उम्मेदवार चयनमा न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’‘

उनले पार्टीभित्रको आन्तरिक विवाद र कानुनी झमेलाका कारण टिकट वितरणमा ढिलाइ भएको उनले बताए ।

आज दिनभरिमा सबै कुरा टुंग्याउँछौं । ‘बेष्ट’ कोसिस गर्छौं । सकेसम्म यसलाई राम्रो बनाउन,’ सभापति थापाले भनेका छन् ।

प्रकाशित मिति : माघ ५, २०८२ सोमबार  १० : २५ बजे