सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको दुई लाख ८२ हजार पुग्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ ।

आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

सोमबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ८२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १८५ रुपैयाँले बढेर ५ हजार ८१० रुपैयाँ पुगेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : माघ ५, २०८२ सोमबार  ११ : २९ बजे