काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर–२ बाट चुनाब लड्ने घोषणा गरेका छन् ।
सोमबार जिल्लाका पत्रकारसँग भेटघाट गर्दै डा. भट्टराईले उम्मेदवारी घोषणा गरेका हुन् ।
मतदाताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै चुनाव लड्न लागेको उनले जानकारी गराए ।
‘पुरानो सत्ता केन्द्रित राजनीतिले देशलाई अगाडि बढाउन सकेन,’ डा. भट्टराईले भने, ‘अब विचार नीति र जनउत्तरदायी नेतृत्वको आवश्यताक छ, जसका लागि म गोरखा – २ बाट जनताको विश्वास लिएर संसदमा जान चाहन्छु ।









