योगेशले ओलीलाई भने– म किचलो गर्दिनँ, केही क्षेत्रमा उम्मेदवार मिलाउनुस्



काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य उम्मेदवार चयनमा विवेक नपुर्याएको बताएका छन् ।

सोमबार भिडिओ सन्देश जारी गर्दै उनले १६५ वटा निर्वाचन क्षेत्रमध्ये केहीमा पुनर्विचार गर्न ओलीलाई आग्रह गरेका छन् ।

उनले भनेका छन् , ‘म हाम्रो पार्टी अध्यक्ष केपी ओलीलाई भन्न चाहन्छु– १६५ वटा निर्वाचन क्षेत्रमध्ये केही क्षेत्रमा अहिले पनि उम्मेदवारहरुलाई मिलाउन सकिन्छ भने मिलाउनुस् । म अध्यक्षलाई यो हम्बल रिक्वेष्ट गर्न चाहन्छु । मैले मेरो लागि मागेको छैन,।

आफू ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक भएको भए पनि अध्यक्षबाटै आफूलाई टिकट नदिने निर्णय गरिसकेपछि किचलो नगर्ने बताएका छन् ।

प्रकाशित मिति : माघ ५, २०८२ सोमबार  २ : १५ बजे