काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् ।
सोमवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री खरेलले प्रधानमन्त्रीसमक्ष राजनीनामा दिएको जानकारी गराए ।
उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिने घोषणा पनि गरे।
उनले आफूले सरकारमा रहँदा मुलुकको विकास र सुशासनको आधारशिला तयार पारेको दाबी पनि गरे । उनले आफूहरुले तयार पारेको आधारशीलामा रहेर निर्वाचित सरकार अघि बढ्न सकेमात्र मुलुकमा विकास र सुशासन कायम गर्न सकिने उनको जिकिर छ ।









