ओलीले झापा-५ बाट उम्मेदवारी दर्ता गराए



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार निर्वाचन कार्यालय झापा पुगेर ओलीले झापा ५ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

यस क्षेत्रमा ओलीले जित्दै आएका छन् । यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले समेत उम्मेदवारी दर्ता गराएका छन् । शाह पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन र ओलीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : माघ ६, २०८२ मंगलबार  ३ : १२ बजे