काठमाडौं । पर्सा जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको छ ।
आज उनको मुद्दाको सुनुवाइपछि अदालतले १ करोड धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।










