पर्सा अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी



काठमाडौं । पर्सा जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको छ ।

आज उनको मुद्दाको सुनुवाइपछि अदालतले १ करोड धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : माघ ६, २०८२ मंगलबार  ३ : ४४ बजे