ओलीले भने- सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाही हुनुपर्छ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाहीको दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताएका छन्।

आज झापामा जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरुको अवलोकनका क्रममा ओलीले अहिलेको सरकार तिनै आगो लगाउनेहरुकै रहेको बताए ।

ओलीले भने, ‘अहिलेको सरकार सायद उनीहरूकै हो । त्यसैले उनीहरूलाई जोगाउने काम गरेको छ,’।

उनले सार्वजनिक सम्पती, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरु कानूनअनुसार दोषी रहेको बताए ।

आन्दोलनको नाममा आगजनी गर्नेहरुलाई कारबाही गर्ने समय आउने पनि उनले बताए । उनले देशलाई शान्तिपूर्ण बस्नलायक देश बनाउनुपर्ने बताए । ‘समय आउँछ, कारबाही गर्ने समय आउँछ । देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउनुपर्नेछ,’– उनले भने ।

अपराधिक गतिविधि गर्नेहरुलाई कारबाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने बताए।

प्रकाशित मिति : माघ ७, २०८२ बुधबार  १ : ४५ बजे