काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपाल जोडिएको पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले मिसिल मगाएको छ।
बुधबार विशेषका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र श्री हेमन्त रावलको संयुक्त इजलासले थप प्रमाणका लागि मिसिल झिकाउने आदेश गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २३ गते नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सोही अनुसार जरिवाना र कैद सजायको मागदाबी गरेको छ।









