काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेल जित्न नेपालले १४१ रनको लक्ष्य पाएको छ ।
नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनायो।
नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडेले ४९ रनको योगदान दिँदा स्टेरी क्यालिसले ३० रन बनाइन्। त्यस्तै, रोबिन राइज्केले १९ रनको अविजित इनिङ खेलिन् भने उनलाई आरिस ज्वालिङले १४ रनमा अविजित साथ दिइन्।














