बिहीबार सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

बिहीबार सुनको मूल्य तोलामा २ हजार ९ सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ कारोबार भईरहेको छ ।बुधबार सुन मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँ घटेको हो ।अघिल्लो दिन चाँदी प्रतितोला प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको चाँदी आज ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : माघ ८, २०८२ बिहीबार  ११ : ३३ बजे