काठमाडौं ।नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा गर्ने भनेको मधेस सभा स्थगित गरिएको छ।
निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।
प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ताको अघिल्लो दिनदेखि आयोगले आचारसंहिता लागू गरेको थियो।
पार्टीले आयोगको निर्णयप्रति सम्मान जनाउँदै आचारसंहिताको उल्लङ्घन नहुने गरी आगामी कार्यक्रम तय गरिने बताएको छ।














