सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरेको छ ।

आज सुनको मूल्य तोलामै ५२ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ महासंघले जनाएको छ ।

प्रकाशित मिति : माघ १२, २०८२ सोमबार  ११ : १७ बजे