चुनावी अभियानका क्रममा बालेन शाह नेपालगञ्ज पुगे



काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाह नेपालगञ्ज पुगेका छन् ।

सोमबार (आज) चुनावी अभियानका क्रममा बालेन शाह नेपालगञ्ज पुगेका हून ।

नेपालगन्ज पुगेका बालेनलाई त्यहाँका जनताले भव्य रुपमा स्वागत गरेका थिए भने ठूलो संख्यामा रहेका कार्यकर्ताले बालेनलाई हुटिङ गरेर स्वागत गरेका थिए ।

पार्टी कार्यालयमा पसेर घण्टी बजाउने कार्यक्रम रहे पनि अव्यवस्थित ठूलो भीडले गर्दा बालेन गाडीबाट नझरी कोहलपुरतर्फ लागेका छन् ।

बालेनको सचिवालयका अनुसार बाँके, बर्दिया हुँदै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा चुनावी कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका तय गरिएको छ।

झापा–५ बाट उम्मेदवारी दर्ता गराएका बालेन पूर्वी पहाडका जिल्लाहरू घुमेर शनिबार काठमाडौं फर्किएका थिए ।

प्रकाशित मिति : माघ १२, २०८२ सोमबार  ४ : ३० बजे