काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।
बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तताको सूचना पढेर सुनाउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तता सम्बन्धी सूचनाको जानकारी गराउने कार्यसूची रहेको छ ।














