गगनलाई सघाउन सांसद उम्मेवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेसमा प्रवेश



काठमाडौं । सर्लाहीका ४ जना वडाध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेका छन्।

बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।

कांग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क्षेत्र नम्बर ४ का प्रदेश सांंसद उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका हुन् ।

सर्लाहीमा आयोजित कार्यक्रममा कुशवाहसहित गोडैता नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुजित महतो, वडा नम्बर २ का वडाध्यक्ष अजय प्रसाद शाह, वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश गुप्ता, वडा नम्बर ११ का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेर गगन थापालाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : माघ १४, २०८२ बुधबार  ११ : ५४ बजे