सीके राउतसहित खगेन्द्र र निशा अधिकारीलाई आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले तीन उमेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै चन्द्रकान्त राउत (सीके), खगेन्द्र सुनार र निशा अधिकारीलाई बुधबार स्पष्टीकरण सोधेको हो ।

जनमत पार्टीका अध्यक्ष राउत सप्तरी–२ बाट उमेदवार छन् । राउतले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनेर उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो । सार्वजनिक स्थानमा आफ्नो निर्वाचन चिह्न र झन्डाको तोरण बनाई प्रदर्शन गरेको भनेर राउतविरुद्ध आयोगमा परेको उजुरी उपर सप्तरी–२ बाट उमेदवार बनेका जनमत पार्टीका अध्यक्ष राउतलाई स्पष्टीकरण सोधेको हो ।

तेस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का तर्फबाट उमेदवार रहेका सुनारले गाईको विषयलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने गरी अभिव्यक्ति दिएको भनेर आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोधेको हो ।

यस्तै, काठमाडौं–५ बाट उमेदवार बनेकी अधिकारीले विदेशमा रहेका नेपालीलाई स्वयंसेवक आवेदन फाराम पठाई क्यूआर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सकिने व्यहोराको विवरण पठाएको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

तीनैजनालाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगले भनेको छ ।

प्रकाशित मिति : माघ १४, २०८२ बुधबार  ८ : ४५ बजे