राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपतिसहित १९ विरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा. डा. संगीता सिंह भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोग बिहीबार विशेष अदालत काठमाडौँमा तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, रजिष्ट्रार, निर्देशक र कर्मचारीहरूको मिलेमतोमा कम गुणस्तरको मेसिन खरिद गरी सार्वजनिक संस्थालाई हानी नोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरेको हो।

आयोगले उपकुलपति भण्डारीसहित तत्कालीन रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख, बायोमेडिकल इन्जिनियरहरू, खरिद शाखाका कर्मचारीहरू र मेसिन आपूर्तिकर्ता कम्पनी ‘हिमालयन मेडिटेक प्रा.लि.’ का सञ्चालकसमेत गरी १९ जनालाई प्रतिवादी बनाएको छ।

आयोगले जनही ७ करोड ३१ लाख ८२ हजार ९२५ रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

प्रकाशित मिति : माघ १५, २०८२ बिहीबार  ३ : ५९ बजे