काँग्रेस सुध्रियो, अल्मलिएको काँग्रेसको विरासत हामी बोक्दैनौँः प्रवक्ता चालिसे



नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको गौरवपूर्ण इतिहास र भरपर्दो भविष्य सँगसँगै लिएर निर्वाचनमा होमिने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

चालिसेले पार्टीको नीति र शैली पूर्ण रुपमा परिवर्तन भइसकेको उल्लेख गर्दै नयाँ जोशका साथ मुलुकको निर्माणमा लाग्ने बताए ।

अबको काँग्रेसले यो बीचमा अल्मलिएको अवस्थामा रहेको काँग्रेसको विरासतलाई नबोक्ने उनको जिकिर छ । चालिसेले पार्टी अल्मलिएको अवस्थामा रहेको अवस्थाको विरासत समेत आफूहरुले नबोक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : माघ १६, २०८२ शुक्रबार  ७ : ०२ बजे