विदेशी मुद्रा सञ्चिती बढेर साढे ३२ खर्ब,१८ महिनाको आयात धान्ने



काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा विदेशी विनिमय सञ्चिती २१.१ प्रतिशत बढेर ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिती थियो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ पुस मसान्तमा १५.२ प्रतिशत वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा पुसमा १९.४ प्रतिशत वृद्धि भई २८ खर्ब ८४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ पुस मसान्तमा ३६।२ प्रतिशत वद्धि भई तीन खर्ब ५८ अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२।३ प्रतिशत रहेको छ।

छ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : माघ १९, २०८२ सोमबार  ८ : १३ बजे