एकैदिन तोलामा १४ हजार ४०० रूपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।

आज सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको छ।

त्यसैगरी, चाँदी तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : माघ २१, २०८२ बुधबार  ११ : १७ बजे