निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्नुपर्छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी



काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग रोक्नुपर्ने आवश्यकता व्यक्त गरेका छन् ।

निर्वाचनमा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग रोक्न आफूहरुले पहल गर्ने प्रतिवद्धतासहित आयोग पुगेको टिकटकको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उनले यस्तो बताएका हून् ।

उनले भने, ‘आगामी निर्वाचनमा प्रविधिको दुरुपयोग हुनु हुँदैन । दुरुपयोगले निर्वाचनलाइ अत्यन्त दखल पार्ने, बिथोल्ने, निर्वाचनको संग्लिएको माहोललाई धमिल्याउने धेरैतिरबाट प्रयास हुन्छ । विश्वको नजर अहिले हाम्रो निर्वाचन आयोग र निर्वाचनसँग छ । अब नेपालको निर्वाचनलाई टिकटकमार्फत हामी यसरी सहयोग गर्छौं भनेर जुन प्रतिवद्धता जनाउनु भयो, यो धेरै महत्वपूर्ण छ ।’

प्रविधि र सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग रोक्न सबै पक्षबाट सजगता अपनाउनुपर्ने बताए । उनले निर्वाचन प्रयोजनार्थ टिकटकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : माघ २१, २०८२ बुधबार  ४ : २२ बजे