कांग्रेसको कार्यवाहक मुख्य सचिवमा कृष्णप्रसाद दुलाल



२१ माघ, काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक मुख्य सचिवमा कृष्णप्रसाद दुलाल नियुक्त भएका छन्।

सभापति गगन थापाले दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेका हुन्। उनी यसअघि कांग्रेस केन्द्रीय कार्यालयको सचिव थिए।

नेपाली कांग्रेसको विधानको धारा २५ (१०), कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) र कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम दुलाललाई कार्यवाहक मुख्य सचिवको जिममेवारी दिइएको सचिव प्रकाश शर्माले जानकारी दिए ।

कांग्रेस सभापति थापाले मुख्य सचिव कृष्णप्रसाद पौडेलको दिएको राजीनामा स्वीकृत गर्दै दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेका हुन्।

पार्टीको विशेष महाधिवेशनपछि पौडेलले पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : माघ २१, २०८२ बुधबार  ६ : ०६ बजे