काठमाडौँ । काठमाडौँ महानगरपालिका–६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीका गहना चोरी गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।
काठमाडौं प्रहरीले दिएको जानकारीअनुसार गएराति ११ बजे सितापाइला क्षेत्रमा रहेको कोठामा जाँदै गरेको अवस्थामा प्रेम चौधरीलाई गोली हानेर नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि उनलाई गोली प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ । प्रहरीले उनलाई १ राउण्ड गोली प्रहार गरेको थियो ।














