सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, चाँदी तोलामा ६२० रुपैयाँले घटेको छ । यस दिन प्रतितोला चार हजार ९८० रुपैयाँमा किनबेच हुने महासंघले जनाएको छ ।

प्रकाशित मिति : माघ २२, २०८२ बिहीबार  १२ : ०६ बजे