भदौ २३ र २४ गतेका घटनालाई स्वीकार गर्दै जिम्मेवारी लिन्छौं : सभापति थापा



काठमाडौं । नेपाली काँग्रेस सभापति गगन थापाले भदौ २२, २३ र २४ गतेका घटनालाई इन्कार ९डिनायल० वा त्यसबाट राजनीतिक लाभ ९डिभिडेन्ड० लिने प्रवृत्तिको सट्टा सत्य स्वीकार गरी जिम्मेवारी लिने र समाधान दिने ‘ड्युटी’ बाटो अपनाएको बताएका छन् ।

उनले यो निर्वाचन पार्टीले खोजेको नभई घटनाक्रमले पार्टी र देशलाई नयाँ स्थितिमा ल्याएको उल्लेख गर्दै काँग्रेसले आफूलाई ‘नयाँ’ बनाएर आएको र अब देशलाई पनि बदल्ने संकल्प गरेको दाबि गरे ।

यो निर्वाचनले काँग्रेस र देशलाई नयाँ जिम्मेवारीको ठाउँमा ल्याएको उल्लेख गर्दै पार्टीले आफूलाई पूर्ण रूपमा ‘बदलेर’ आएको र अब देशलाई पनि बदल्ने दृढ संकल्प व्यक्त गरे ।

उनले विशेष महाधिवेशनपछि आएको नयाँ नेतृत्वले काँग्रेसलाई मूल्य–मान्यता ९स्वतन्त्रता र समानता० को निरन्तरता दिँदै समयसापेक्ष परिवर्तन अपनाएको बताए ।

सभापति थापाले युवा, बुढापाका सबै नागरिकसँग संवाद गरेर काँग्रेसले निर्वाचन पछि देश विकासको नयाँ अध्याय शुरु गर्ने समेत उल्लेख गरे। उनले काँग्रेसले देशलाई सम्हाल्ने कामको नेतृत्व गर्न चाहेको समेत दाबि गरे ।

प्रकाशित मिति : माघ २४, २०८२ शनिबार  ८ : २७ बजे