तारामान गुरुङको नेतृत्वमा बन्यो कांग्रेसको अनुशासन समिति



काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा अनुशासन समिति गठन गरेको छ । आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले अनुशासन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उनका अनुसार गुरुङको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको हो । थप दुई सदस्यमा केन्द्रीय सदस्यद्धय धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य रहेका छन् ।

विधान अनुसार अनुशासन समिति ५ सदस्यीय हुने व्यवस्था छ । जसअनुसार दुई जना पछि थपिने छ । बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका –०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका — ०८२’ लाई परिमार्जनसहित पारित गरेको प्रवक्ता चालिसेले बताए ।

विशेष महाधिवेशनअघि शेरबहादुर देउवा नेतृत्वमा रहँदा आनन्द ढुंगानाको संयोजक रहेको अनुशासन समिति रहेको थियो ।

प्रकाशित मिति : माघ २५, २०८२ आईतबार  ७ : ३७ बजे