काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ४१ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, चाँदी तोलामा २४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार २५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।














