एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो ‘साथी घर कर्जा’ योजना



काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको यस घर कर्जा योजना अन्तर्गत ७ वर्षको लागि ६.९९ प्रतिशत स्थिर ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुनेछ ।

न्यूनतम रू.२५ लाखदेखि अधिकतम रू.१० करोडसम्म प्रदान गरिने यस एनआईसी एशिया साथी घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनःनिर्माण गर्न एवं घडेरी खरिद गर्नका लागि सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्षसम्मको हुनेछ।

यस योजना ग्राहकहरूको घर खरिद र निर्माणको सपना साकार पार्न ठोस सहयोग पुर्‍याउने उद्देश्यले ल्याइएको हो।

पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ । साथै, यस योजना अन्तर्गत घर कर्जा लिने ग्राहकहरुले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा पनि पाउनेछन्।

प्रकाशित मिति : फाल्गुन १, २०८२ शुक्रबार  ४ : २८ बजे