काठमाडौं । सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ३ लाख ४ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ६९० रुपैयाँ कायम भएको छ ।









