आगामी आइतबार कांग्रेसको घोषणापत्र सार्वजनिक हुने



काठमाडौं। नेपाली कांग्रेसले चुनाव केन्द्रित प्रतिज्ञापत्र आगामी आइतबार सार्वजनिक गर्ने भएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ती जारी गरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका हुन्।

कांग्रेसले यसपालि घोषणापत्रलाई प्रतिज्ञापत्र भनेर सार्वजनिक गर्न लागेको छ।

उक्त प्रतिज्ञा पत्र पार्टी कार्यालय बीपीनगर सानेपामा आइतबार ३ गते दिउँसो २ बजे सार्वजनिक गरिने विज्ञप्ति जारी गरी जनाएको छ।

प्रकाशित मिति : फाल्गुन १, २०८२ शुक्रबार  ४ : ३९ बजे