कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्छ : विश्वप्रकाश शर्मा



काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफूहरूले आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् ।

सोमबार लम्जुङमा आयोजित खुला सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले बदलिएको काँग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका हुन् ।

उनले भने,‘कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १,२,३ र ४ को नीति संविधानमा अंकित गर्नेछौं । अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुइ पटक भन्दा बढी रहन पाउने छैनन् ।’

उनले चुनावी मैदानमा गाली होईन प्रेम सम्प्रेषण गर्नपनि कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले भने,‘स्वस्थ आलोचना स्वभाविक हुन्छ, तर आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन सकिन्न, चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणा पत्रहरुमार्फत नगरौं ।’

प्रकाशित मिति : फाल्गुन ४, २०८२ सोमबार  ४ : १५ बजे