काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि प्रतिज्ञा–पत्र पारित गरेको छ ।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा–पत्र पारित गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा–पत्र सर्वसम्मत पारित गरेको कांग्रेसका कार्यबाहक मुख्य सचिब कृष्णप्रसाद दुलालले जारि गरेको बिज्ञप्तीमा उल्लेख छ ।
यसअघि घोषणापत्र भन्दै आएको कांग्रेसले यसपटक प्रतिज्ञा–पत्र भनेको छ ।
कांग्रेसले पारित गरेको प्रतिज्ञा–पत्र जनकपुरमा हुने कांग्रेसको सभामा आजै सार्वजनिक हुनेछ ।















