काठमाडौं । अमेरिकी सेनाले पूर्वी प्रशान्त र क्यारिबियन क्षेत्रमा तीनवटा जहाजमाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ ।
लागुऔषध तस्करी बिरुद्दको कारबाहिका क्रममा उक्त घटना भएको अमेरिकी दक्षिणी कमाण्डले जानकारी दिएको छ ।
कमाण्डले सामाजिक सञ्जाल एक्समा दिएको जानकारीअनुसार पूर्वी प्रशान्त क्षेत्रको पहिलो जहाजमा चार जना, दोस्रो जहाजमा चार जना र क्यारिबियन क्षेत्रको तेस्रो जहाजमा तीन जनाको मृत्यु भएको हो ।
गुप्तचर निकायले ती जहाजहरू लागुऔषध तस्करीका लागि परिचित मार्गहरूबाट गइरहेको र तस्करी कार्यमा संलग्न रहेको पुष्टि गरेको कमाण्डले दाबी गरेको छ ।














