काठमाडौं । नेपाली कांग्रेसले आज चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आम जनताका प्रश्नको उत्तर दिने भएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गर्दै कांग्रेस सभापति गगनकुमार थापाले आम जनतासँग खुला प्रश्नोत्तर गर्ने तयारी रहेको छ ।
आज दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञा पत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने भएका छन् ।
उनले भनेका छन्, ‘राजनीतिक दलहरू जबाफदेही हुनुपर्छ। प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्न सक्नु पर्छ । तपाईँका प्रश्नको प्रत्यक्ष उत्तर दिन हामी राष्ट्रिय सभा गृहमा हुने छौँ । प्रश्नहरूका साथ कार्यक्रममा उपस्थित भइदिनु हुन् सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।’
प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रुपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।














