सुनको मूल्य बढ्यो,तोलामा कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा ४३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा १८० रुपैयाँले बढेर पाँच हजार ६० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति : फाल्गुन ७, २०८२ बिहीबार  ११ : ३४ बजे