काठमाडौं ।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संघीय र प्रदेश सरकारमा मन्त्रालय संख्या कटौती गर्ने घोषणा गरेका छन् ।
बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हून् ।
उनले संघमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय रहने प्रतिज्ञा गरे । गठबन्धनको नाममा भागबण्डा गर्न कुनैपनि दलले मन्त्रालय संख्या बढाउन नपाउने उनको भनाइ छ ।
सभापति थापाले २०४६ पछि काँग्रेस नेतृत्वमा सञ्चालित सरकारको अवधिलाई ‘स्वर्णिम युग’को संज्ञा दिँदै २०४६ सालपछिका राजनीतिक तथा आर्थिक परिवर्तनहरू काँग्रेसले अवलम्बन गरेको नीति र मोडेलकै परिणाम भएको दाबी पनि गरे ।














