काठमाडौं । निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार फागुन २०, २१ र २२ गते गरि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरिएको हो।
प्रतिनिधिसभा सदस्य छान्न यही फागुन २१ गते मतदान हुँदैछ ।














