काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई जना विदेशी नागरिक रहेका छन् ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।
बसमा ४४ जना सवार रहेको बताइएको छ। तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्।














