फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले यही फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको छ ।

मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सार्वजनिक विदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

त्यसैगरी निर्वाचनका लागि चीन सरकारले अनुदान सहायताको रुपमा लिन लागेको ४ मिलियन अमेरिकी डलर करिव ५४ करोड नेपाली रुपँयाँ स्वीकार गर्ने निर्णय पनि गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन १२, २०८२ मंगलबार  ४ : ४६ बजे