काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरु मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश गरेको हो ।
निर्वाचन विथोल्ने गतिविधि गरेको आरोपमा प्रसाईं पक्राउ परेका थिए ।प्रसाईंलाई गत फागुन ४ गते उनकै निवास भक्तपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।
प्रसाईं पक्राउ परेपछि प्रसाईंको परिवारले बन्दीप्रत्यक्षीकरणको रिट दाय गरेको थियो ।














