५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा



नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता र सुशासनका लागि ५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन पद्धति आवश्यक रहेको बताएका छन् ।

मोरङको निर्वाचन क्षेत्र नं. ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले काँग्रेसले अब देशलाई नयाँ भिजन र स्पष्ट मार्गचित्रका साथ अगाडि बढाउने उद्घोष गरे ।

उपसभापति शर्माले पछिल्लो समय नेपाली काँग्रेसप्रति जनलहर सिर्जना भएको दाबी गरे ।

उनले नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रामवीर मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश सभापति ममता शर्मा र रास्वपाकै जिल्ला सभापति भरत पराजुली लगायतका प्रभावशाली नेताहरू काँग्रेसमा प्रवेश गरेको जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन १२, २०८२ मंगलबार  ७ : १२ बजे