आज तीन जिल्लामा कांग्रेसको चुनावी सभा



काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार तीन जिल्लामा चुनावी सभा गर्ने भएको छ।

कांग्रेसले रूपन्देही, बागलुङ र कास्कीमा चुनावी सभा गर्न लागेको हो ।

तीवटै सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने भएका छन् ।

पार्टीका अनुसार बिहान ११ बजे बुटवलमा सभा हुनेछ। दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे पोखरामा चुनावी सभा हुनेछ।

प्रकाशित मिति : फाल्गुन १५, २०८२ शुक्रबार  १० : २० बजे