गगन थापाको आग्रह: सामाजिक सञ्जालमा अड्केर नबस्नुस्,चुनाव प्रचारका लागि घर–घर जानुस्



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरेका छन् ।

रूपन्देहीको बुटवलामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको मिति नजिकिएको भन्दै नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरेका हुन् ।

सभापति थापाले भने, “पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ – केही दिनमात्र बाँकी छ । नअलमलिनुस् कोही पनि साथीहरू । घर–घरमा जानुस् । तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस् ।”

उनले उम्मेदवारसँगै कांग्रेस नेता कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने, “कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन, घर घरमा गएर रूखमा मतदान गरेर कांग्रेसलाई जिताउँ भनेर आग्रह गर्नुहोस् ।”

प्रकाशित मिति : फाल्गुन १५, २०८२ शुक्रबार  २ : १८ बजे