गाडी आगजनीमा संलग्न दुर्गा प्रसाईं समूहका २ जना पक्राउ



काठमाडौं । दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता गाडीमा आगजनी गरेको आरोपमा पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएर चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरी–६ घर भएका ५५ वर्षीय कृष्ण मिजार छन् ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना प्रसाईं समूहकै कार्यकर्ता हुन् ।

प्रकाशित मिति : फाल्गुन १९, २०८२ मंगलबार  ६ : ५० बजे