अदालतको आदेश नआएसम्म धनुषा–१ को परीणाम सार्वजनिक नगर्न निर्वाचन आयोगको निर्देशन



काठमाडौं, २४ फागुन । निर्वाचन आयोगले धनुषा–१ को मत परीणाम घोषणा नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेको छ ।

आयोगले अदालतबाट आदेश नहुँदासम्म धनुषा निर्वाचन क्षेत्र नम्बर १ को परिणाम सार्वजनिक नगर्न पत्राचारबाट निर्देशन दिएको हो ।

रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेजको रिटमा सोमबार पेसी तोकिएको छ ।

“अदालतबाट आदेश नआउँदासम्म रोक्नु भन्ने निर्णय गरेका छौँ,” कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

आयोगले फागुन १८ गते धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।

साह भने आयोगको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत गएका छन्।

आयोगले अदालतबाट आदेश नहुँदासम्म उक्त क्षेत्रको पहिलो हुने निर्वाचन प्रणाली तर्फको मतपरिणाम घोषणा नगर्न पत्र पठाएको हो।

प्रकाशित मिति : फाल्गुन २४, २०८२ आईतबार  ५ : २८ बजे